अहिलेको अवस्थामा परिवार हुर्काउन भन्दा युद्ध लड्न सजिलो

अहिलेको अवस्थामा परिवार हुर्काउन भन्दा युद्ध लड्न सजिलो

सुर्खेत – सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न भन्दै विद्रोही (नेकपा माओवादी)ले २०५२ फागुन १ गते जनयुद्ध घोषणा ग¥यो । जनयुद्ध घोषणा पश्चात् जनयुद्धमा होमिनेको लहर चल्यो । जनयुद्धका चर्का चर्का नारा लागेपश्चात् चुलोचौको सिमित नारीहरु पनि होमिए ।

चुलोचौकोमा सिमित रहेका नारीहरु युद्धकै क्रममा जनयुद्धताका बेला उकाली ओराली हुँदै तराईका समथर भुभाग हुँदै पहाडका खोँचसम्म पुगे । त्यही तराईको समथर भुभाग हुँदै पहाडको खोँचसम्म यात्रा गर्ने चेली हुन् दैलेखको ठाटीकाँध गाउँपालिका २ टोम्टाल्लाकि उर्मीला थापा(रुपा) ।

चुलोचौकोमा सिमित उनी पनि जनयुद्धका चर्का नारापश्चात् चुलोचौको छाडेर युद्धमा होमिएको बताउनुहुन्छ । दश वर्षे सशत्र जनयुद्धमा होमिएकी चेली अहिले चुलोचौकोमै सिमित छन् । तत्कालिन माओवादीले सुरु गरेको माओवादी युद्धले सर्वहारा वर्गको राज्य स्थापना हुनुका साथै सर्वहारा वर्गमाथि हुने थिचोमिचोको अन्त्य हुन्छ भन्ने सपनाका साथ युद्धमा होमिएकी हुनको सपना अधुरै रहेको उनको भनाई छ । माओवादी युद्धले यो मुलुक परिर्वतन भएर युद्धका बेला चर्का नारा लगाउने त्यही माओवादीले अधिकारको दुरुपयोग गर्दै आफ्नालाई मात्रै जागिर दिने गरेको छ । जनयुद्धमा होमिएका घाइते अपाङ्ग अहिले पनि गाउँबस्तिका झपडीभित्रका कुना कन्धरामा बस्दै आएका छन् ।
जनयुद्धमा होमिदा महिला हिंसाको अन्त्य हुन्छ । बालबिवाह, बहुबिवाहको अन्त्य हुन्छ । सर्वहारा वर्गको राज्यसत्ता स्थापना भयो भने उत्पिडीत नागरिकका दिनहरु आउछन् । सहज रुपमा बाच्न सक्छन् भन्ने ठुलो आशाका साथ उनी पनि २०५८ साउन ८ गते माओवादी जनयुद्धमा होमिनुभएको थियो ।

कसरी भइन् माओवादी

दुल्लु नगरपालिका साविको ९ माइती घर भएकी उर्मीला थापा (रुपा)को घर नजिकै प्रहरी चौकी थियो । उनी नौ कक्षामा पढ्दै थिइन् । साँझ विहान विद्यालय आउँदा जादा प्रहरी उनलाई दुःख दिइरहन्थयो । बेला बेला भन कहाँ छन् माओवादी भन्दै समय समयमा उनलाई चौकीमा बोलाइरहन्थे । प्रहरीले त्यसरी सताउन थालेपछि अन्तः उनी माओवादी हुने निर्णय गरिन् । महिला मुक्ति, जातीय मुक्तिका निम्ति लड्नुपर्छ भनेर घरमा आउने उनका माओवादी साथीहरुले उनलाई साहस दिइरहन्थे । माओवादी युद्धमा लाग्नको लागि एक दिन उनले बुबालाई भन्न आँट गरिन् बुबा म जनयुद्धमा जान्छु भनेर । त्यति भन्न के भ्याएकी थिइन् । उनका बुबाले त्यसो भए जनयुद्धमा जाने भए पहिले तेरो दोपट्टा दिएर जानु पहिले म मर्छुु त्यसपछि मात्र जनयुद्धमा लाग्नु भनेर भनेको कुरा रुपमाको मस्तिष्कमा ताजै छ ।
निरन्तर बुबालाई सम्झाइ बुझाई गरेर अन्तः बिहान बुबा निदाएको मौका पारेर बिहानको भिसमिसेमै घर छाडेर गीताचौर तर्फ लागिन् । गीताचौको सम्पर्कमा पुगिन् । त्यसपछि उनी माओवादी युद्धमा निरन्तरता दिइन् ।

चुुलो चौकोमै सिमित

बुबालाई फकाउदै दैलेख हुँदै जनयुद्धमा उदायकी रुपा थ ापा अहिले झुपडीको चुलो चौकोमै सिमित रहेकी छन् । जनयुद्धताका बेला जनयुद्धमा सँङ्गै हिडेकी रुपा अहिले एक्लै छिन् । उनलाई कसैको साथ छैन । जनयुद्धमा होमिदा दैलेख हुँदै जाजरकोटको मुचकोट पुगिन् । केही समय त्यतै बसिन् । महिला मुक्ति, जातीय मुक्तिका बारेमा त्यही बसेर जागरुक बनाउने काम गरिन् । साउन देखि तीन महिना त्यतै बसेर आफुले पनि टेर्निङ लिइन् । उनको प्रेणाले चुलो चौकोमा सिमीत कैयौँ चेलीहरु युद्धमा होमिन तयार भएका थिए । तर, उनी अहिले आफै पिडीत र अशक्त बन्नुभएको छ ।

राज्यसत्ता पल्टाउन मर्न र मार्न तयार

तीन महिनाको टेर्निङ पाएपछि सहज महशुस भयो । माओवादी युद्धमा होमिसकेपछि रुपालाई लागिसकेको थियो राज्यसत्ता पलउनको लागि कित मर्नुपर्छ कि मार्नुपर्छ भन्ने कुरामा स्पष्ट भइसेकी थिइन् । राज्यसत्ता पल्टाउनको लागि जतिबेला जे पनि हुन सक्छ भन्ने मानसिकतामा तयार हुनुभयो । एक छाक खाना खाएर पनि राज्यसत्ता पल्टाउनका निम्ति लागेको अहिले पनि ताजै छ । राज्यसत्ता पल्टाएर सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न तयार भइन् । २०५८ साल फागुनको महिना अछामको मङ्गलसेन आक्रमण गर्न टोली अगाढी बढ्दै थियो । रातीको साढे नौ बजेर फायर भयो । रातीको नौ बजे सुरु भएको लडाइ बिहान चार बजे मात्र सकिएको थियो । माओवादीले बिजय प्राप्त गरेको थियो । रुपाको आँखै अगाडी उनका थुप्रै साथीहरु आखै अगाडी सहीद भएको ताजै छ । जनयुद्धमा लड्दै गर्दा उहाँ सेक्सन भिसि हुनुहन्थ्यो ।

भेरी तरेर सल्यान जादा…

दैलेखको नौमुलेबाट बिदाई भएर जाजरकोट तर्फ लागियो । जाजरकोटबाट सल्यान पुग्न भेरी तर्नुपर्ने हुन्थ्यो । भेरीमा नाउ थिएन । चैत्रको महिना लौकाको (चिन्नु) ढाडमा बाँधेर भेरी तर्नुपर्ने बाध्यता थियो । ढाडमा चिन्नु बाँधेर अरु अरु एकसय पचास जना लस्कर सुतेर तर्नेक्रममा सुर्खेतको रोशन चौभरी बगेका थिए । बगेर तलसम्म पुग्दा पनि बाइबाइका हातहरु हल्लाउदै क्रान्ति सफल पार्न निर्देशन दिएको प्रष्ट थियो । ठुलो भेरी बचाउन सक्ने पस्थिती थिएन । एकजनालाई बचाउन खोज्दा सबैजनाको मृत्यु हुने पस्थिती थियो ।

सल्यान हुँदै प्युठान सदरमुकाम हान्ने योजना

सल्यान हुँदै प्युठान सदरमुकाम हान्ने योजनामा अघि बढ्यौँ । अन्तिम पोष्टमा पुग्दा उताबाट आर्मि आयो । सिस्नेको भिरमा भिडन्त भएको थियो । त्यो भिडन्तमा परेर सातजना सहीद भए । त्यसपछि रातारात रातीको बाटो तीनवटा बटालियन कमाण्डरका करिब १५ सयजना बाटो छिचोल्दै अघि बढ्यौँ । एकजना अघि हिडेर त्यसको पछि पछि अरु हिडेका थियौँ । बिचमा एकजना फुत्केमा सबैजनाको ज्यान जान्थ्यो । रातभरी हिडेर भोलीपल्ट रोल्पाको गाममा पुगियो । रातको निन्द्रा, थकाइ नभनेर गामको भिडन्तमा पनि भोकभोकै लडेको रुपा बताउँछिन् । राती दुइबजेसम्म लड्दा माओवादीले पुर्ण बिजय गरेको थियो । त्यसपछि रुकुम पुगियो । त्यहाँ पुग्दा प्रहरी आफै सुरुङ खनेर भागेर गाम पुगेको थियो ।

रुकुम खारा लडाई

२०५९ जेठ १९ गते राती नौ बजेबाट लडाइ सुरु भयो । निरन्तर लडाइ चलिनै रह्यो । नौ बजे सुुरु भएको लडाई बिहान पाँच बजेसम्म चल्यो । उक्त भिडन्तमा परि तीनसय जना सहीद भएका थिए । निरन्तर लडाइ लड्दा पनि माओवादी पराजय भए । रुकुमको खार आक्रमण पश्चात् अर्घाखाचिको सदरमुकाम सन्धिखर्क पुग्ने योजनामा रुपा सहित उनको टीम सन्धिखर्क पुग्यो । भदौको महिना थियो पानीमा भिज्दै विभिन्न दुःख संघर्षसँग जुध्दै टोली निरन्तर अघि बढेको थियो । अर्घाखाचिको सदरमुकाम सन्धिखर्क हान्ने योजाना माओवादीले बनाएको थियो । त्यहि तयारीमा टोली निरन्तर अघि बढेको थियो । भदौ २३ गते तीज परेको थियो । तीजको रौनक बजारमा निकै चलेको थियो । रातीको नौ बजे फायरर गर्ने योजना थियो । नौ बजे फायर गर्न सुरु गरियो । फायर चल्दा बजार सुनसान भयो । राज्यपक्ष र माओवादी पक्षबिच फायर चल्दै थियो । फायर गर्ने क्रममा रुपा पनि गोलिको निशानाबाट उम्किन सकिनन् । राज्य पक्षको गोली लागेर ठाउँको ठाउँ ढलिन् । बायाँ खुट्टाको ह्पि हँुदै बाहिर निस्केको उनी बताउँछिन् । गोली लागेपश्चात् उनी ठाउँको ठाउँ ढल्न पुगिन् । उपचारको लागि लैजाने क्रममा तीन घण्टा हिडेर उपचार गरेपश्चा्त पाँच घण्टामा होस आयो ।

उपचारको लागि लखनउ यात्रा

अर्घाखाची सदरमुकाम हान्ने क्रममा घाइते भएकी उर्मीलाको उपचारका लागि नेपालमा सम्भव थिएन । घाउ चर्केकै थियो । एक महिनासम्म घाउमा लगाउने औषधी सम्म पाइनन् । रोल्पा पुगेर दाङ हुँदै पार्टिले समन्वय गरेर लखनउ पु¥याइयो । उनको उपचार त्यहाँ पनि सम्भव भएन । त्यहाँबाट पनि भारतको पन्जाबको जलनधर पुगेर उपचार भयो । उनको साथमा साथजना साथीहरु थिए त्यसमध्य तीनजनाको खुट्टा थिएन । त्यो देखेर उर्मीलालाई बेला बेला जिन्दगीबाट हार खाएजस्तै हुन्थ्यो । उपचारकै क्रममा त्यहाँ उपचारसँगै आराम गरेका बेला उनी त्यहाँ बसेको भारतीय आर्मीले जानकारी पाइसकेको थियो । राम्रोसँग उपचार नहुँदै नेपाल फर्के । नेपाल फर्किने क्रममा पनि बाटोमा विभिन्न दुःख कष्ट भोग्दै २०६२ मा नेपाल फर्किन । केही समयको उपचारपश्चात् उनी नेपाल फर्केर पनि सेनामा जोडिन सक्ने अवस्था थिएन । नेपाल फर्केर नेपागन्ज क्षेत्रिय स्वस्थ्य विभागमा थन्काइयो ।

२०६४ मा अपाङ्ग शरिर लिएर गृहजिल्ला

२०६४ को चुनावमा आफ्ना अनुभूती सुनाउन भन्दै पार्टिले आ आफनो जिल्ला पठाउने निर्णय ग¥यो । सबैजनासँगै उर्मीला पनि आफनो दैलेख जिल्ला फर्किन । त्यो बेला पार्टिले आफुलाई क्यान्टम्यानमा पनि नराखेको गुनासो पोखिन् । क्यान्टम्यानमा राख्दा पार्टिले पछि छुट्टै व्यवस्था हुन्छ भन्थ्यो,’उहाँले भननुभयो, ‘१७ वटा लडाइ लडेर अहिले न त कुनै व्यवस्था भयो । अपाङ्ग शरिर लिएर चुलौचौकोमै थन्किए ।’ अहिले उनलाई नत शारिरिक,आर्थिक, सामाजिक रुपमा साथ पाएकी छन् । एकलो छिन् अहिले उनी । आफ्नो लगानीले देशमा केही हदसम्म परिर्वतन भएपनि आफ्नो जीवन झनै अध्यारोतर्फ धकेलिएको उहाँको दुखेसो छ । उनकै त्यागका कारण देशको मुहार परिर्वतन भयो तर, गरिब निमुखा सर्वहारा वर्गको मुहार कहिलेही फेरिएको छैन ।

बच्चा जन्माउने एउटा हुर्काउने अर्कै भयो

राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको स्थापना हुनुपर्छ भनेर तत्कालिन विद्रोही माओवादीले २०५२ फागुन १ गते जनयुद्ध घोषणा भएको थियो । गणतन्तको स्थापना गर, राजतन्त्रको अन्त गर, संविधान सभाको स्थापना गर, राजतन्त्रको अन्त गर भनेर चर्का नारा लगाउदै हिमाल, पहाड, तराईबाट गरिब निमुखा सर्वहारा जनताले गणतन्त्र स्थापनाको लागि रगतको खोलो बगाए । जसरी १७ हजार सर्वहारा वर्गले राजतन्त्र फालेर गणतन्त्र हुँदै संघीयता पनि आयो । संघ, प्रदेश हुँदै स्थानीय तहसम्म पुग्दा माओवादीले राम्रो स्थान ल्याउन नसक्दा आफुले ल्याएको व्यवस्था अर्कैको हातमा परेको उहाँ बताउनुहुन्छ । यो कार्यान्वयन भएको अवस्था छैन । अहिले बच्चा जन्माउने एउटा हुर्काउने अर्कै भयो,’ उहाँले भन्नुभयो, ‘यस्ले गर्दा अहिले देशमा सय प्रतिशतमा नब्बे प्रतिशत असत्यले सिमा नाघेको छ । यसको अन्त्यका लागि फेरी एउटा क्रान्ति आवश्यक छ ।’

प्रतिक्रिया