जनउत्थानको १३ औं बार्षिर्कोत्सव कार्यक्रम सम्पन्न

जनउत्थानको १३ औं बार्षिर्कोत्सव कार्यक्रम सम्पन्न

सुर्खेत –  जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्थाले बिभिन्न सामाजिक कार्याक्रम गरि १३ औं बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरको छ । १९ जिल्लाका ३९ वटा शाखा कार्यलय मार्फत आफनो कारोबार गर्दै आएको जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लि।ले हरेक बर्ष जस्तौ यस बर्ष पनि संस्थाको १३ औं बार्षिकोत्सब बिबिध कार्यक्रमगरि सम्पन्न गरेको हो । जस अन्र्तगत संस्थाको शाखा कार्यालय बिरेन्द्रनगर सुर्खेत ले रक्तदान नै जिबन दान हो भन्ने मुल नाराका बृहत रक्तदान कार्यक्रम गरेको छ । शाखा कार्यालयमा आबद्ध समुह सदस्यहरु र केहि अन्य रक्तदाताहरु गरि करिब ३८ जना उपस्थिती रहेको उक्त कार्यक्रममा २४ जनाले रत्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा वीरेन्द्रनगर सुर्खेतले बिशेष प्राबिधिक सहयोग गरेको उक्त कार्याक्रम बिहान ८ बजे रेडक्रसकै प्राङगण्मा सुरु भाएको थियो । उक्त कार्याक्रमको संयोजन संस्थाका बिरेन्द्रनगर शाखाका शाखा प्रमुख बुद्धिसागर बिश्वकर्मा ले गरेका थिए । जनउत्थानले वित्तीय कामको अतिरिक्त सदस्य लक्षित तालिमहरु तथा अन्य सामाजिक कार्यमा पनि काम गर्दै आएको छ ।

प्रतिक्रिया