सांसद श्रेष्ठको ‘अडियो प्रकरण’बारे छलफल गर्न रास्वपा बैठक बस्दै
काठमाडौं– सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड मागेको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बस्दैछ ।
मंगलबार बिहान ११ बजेका लागि रास्वपा अनुशासन आयोगको बैठक बोलाएको हो । पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।
आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो । दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका छन् ।दुवै अडियो कपुरबोट टिभीले सार्वजनिक गरेको हो।
प्रतिक्रिया