कांग्रेसका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएन : पौडेल

कांग्रेसका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएन : पौडेल

काठमाडौँ –  नेकपा माओवादी केन्द्रका सचिव एवम् पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले नेपाली कांग्रेसभित्रको आन्तरिक झगडाले मन्त्रिपरिषद्ले पूर्णता नपाएको बताएका छन् । मिडियाकर्मीसँगको संक्षिप्त भेटघाटमा बोल्दै पौडेलले कांग्रेसले मन्त्रीको नाम नदिँदा मन्त्रिपरिषद् अपूर्ण हुन पुगेको बताउनुभयो ।

‘अहिले ६ मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । त्यसमध्ये ४ मन्त्रालय कांग्रेस, एक जसपा र एक प्रभु वा अमरेशकुमार जीमध्येबाट मन्त्री बनाउने कुरा छ’ पौडेलले भन्नुभयोे, ‘कांग्रेसभित्रको आन्तरिक झगडाले मन्त्रीको नाम पठाउनु भएको छैन त्यसैले पूर्णता पाएको छैन ।’ अब मन्त्रिपरिषद्को पूर्णता आगामी वैशाख १० गतेको उपचुनावपछि हुन सक्ने पौडेलले बताउनुभयो ।

उपनिर्वाचनका कारण प्रधानमन्त्रीले पर्याप्त छलफल गर्न नपाएकाले तत्काल मन्त्रिमण्डल विस्तार नहुने उहाँले बताउनुभयो । प्रधानमन्त्रीलाई लामो समय गठबन्धन व्यवस्थापनमा विताएकोले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि सरकारका कामले गति लिने उनले दाबी गर्नुभयो ।

प्रतिक्रिया