विद्यालय जान्छु भनी हिँडेका बालकको ६ महिनापछि उद्धार

विद्यालय जान्छु भनी हिँडेका बालकको ६ महिनापछि उद्धार

 

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ यरीचोक घर भएका १३ वर्षीय शंखर चौधरी हजुरआमासँग बस्दै आएका थिए ।

उमेरले १३ वर्ष पुगेका शंखर कक्षा २ पढ्थे। गत साउन महिनामा हजुरआमासँग विद्यालय जान्छु भनेर घरबाट निस्किए । सधैँजसो विद्यालयमा पढेर घर फर्किने आशामा वृद्ध हजुरआमा जौकला नातिको बाटो हेरेर बसिन्। तर, नाति अबेरसम्म पनि घरमा आएनन् ।

शंकर नफर्किएपछि गाउँ वरवरका साथीहरुको घरमा खोजी भयो । तर कतै पत्तो लागेन । भोलिपल्ट पनि जौकलाले आफन्त, छिमेकी र नातिका साथीको घरमा खोजिन्, अहँ नाति भेटिएनन् । जौकलाले विद्यालयमा खबर गरिन् । अघिल्लो दिन नै पनि शंकर विद्यालय पुगेका रहेनछन्, शंकर हराएको थाहा भयो ।

त्यसपछि जौकलाले प्रहरीकहाँ पुगिन्। प्रहरी र गाउँलेको सहयोगमा विभिन्न मानव अधिकारसँग सम्बन्धिन संघ संस्थासाका ढोका ढक्ढकाइन्। नाति हराएकोले खोजी गर्न गुहार गरिन्। ६ महिनासम्म शंकर भेटिएनन् ।

६ महिनापछि प्रवासी नेपालीहरूको संस्था मित्र मञ्चले शंखरको भारतबाट उद्धार गरेको छ । उनी साथीहरूको लहमा लागेर भारत गएका थिए । भन्छन्, जाँदा राम्रै भयो, त्यहाँ गएपछि दुस्ख पाइयो ।

शंखरको घरमा बहिनी बाहेक कोही पनि छैनन्। उनी मामा घरको हजुरआमा जौकला रोकायको घरमा बस्दै आएका थिए । बुबा सानैमा बेपत्ता र आमाले ज्याला मजदुरी गर्छिन् । बुवा सानैमा बेपत्ता भएका थिए ।

मावली हजुरआमा सँग बस्दै आएका उनी गत साउन २८ गते साथीहरूसँग घरबाट भारत हानिएका थिए। साथीभाइहरुको लहलहैमा भारत पुगे । उनले भने, ‘म घरबाट जाँदा बहिनीलाई भनेको थिए। त्यसपछि साथीसँगै भारत गए । त्यहाँ गएर दुई महिनासम्म काम गरेँ ।’

आफुलाई लगेर गएको साथीले अर्को होटलमा काम लगाइदिएको उनले बताए । शंखरले भने, ‘मैले त्यहाँ केही समय काम गरेँ। पछि मलाई त्यो होटलमा चोरीको आरोप लगाउन थाले। त्यसपछि त्यहाँबाट भागेर म दिल्ली पुगे। मुख्य सडकमा हिँडिरेहको अवस्थामा प्रहरीले मलाई समातेर बच्चा राख्ने ठाउँमा लगेर राख्यो ।’
केही समय दिल्लीमा बसेपछि आफूलाई नेपाल ल्याइएको उनले बताए ।

शंखरले भारत पुगेपछि अहमदावादमा २ महिना होटलमा काम गरे। होटलले चोरीको आरोप लगाएपछि भागेर आग्रा पुगे, हण्डर र ठक्कर खाँदै त्यहाँबाट दिल्ली । त्यहाँ भौतारिइरहेको बेला दिल्लीका एक अटोचालकले उद्वार गरी प्रहरीकहाँ पुर्याएका थिए ।

प्रहरीले बाल गृहमा पठायो। बाल गृह सञ्चालक बाल कल्याण समितिका न्यायिक मजिष्ट्रेटले नेपाली राजदूतावास, प्रवासी नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्चसँग समन्वय गरी उनलाई नेपाल पठाएको हो ।
शंखरको ६ महिनापछि परिवारसँग पुनःमिलन भएको छ। उनलाई मंगलबार वीरेन्द्रनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाले परिवारको जिम्मा लगाएका हो ।

प्रतिक्रिया