रास्वपाले समानुपातिक सांसदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्ने

रास्वपाले समानुपातिक सांसदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्ने

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।

बुधबार केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको बैठकले समानुपातिक सांसद डा। ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको बताउनुभयो ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टीले श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको छ । काशंकार आदिवासी जनजाति क्लस्टरबाट सांसद बन्नेछिन् । श्रेष्ठ पनि यही क्लस्टरबाट सांसद बनेका थिए ।

मकवानपुरकी कंसाकार एसिड आक्रमणकी पीडित हुन् । उनीमाथि २०७० वैशाखमा एक भारतीय नागरिकले एसिड आक्रमण गरेका थिए । घटनाको ६ वर्षपछि पीडक पक्राउ परेका थिए । कंसाकार केही अघि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन् ।

प्रतिक्रिया