शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन

काठमाडौँ –  शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।

सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

श्वासप्रश्वासका कारण दुई साताअघि उहाँलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आफ्नो शरीर दानको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया