कर्णालीमा आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सुर्खेत – कर्णालीमा आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो ।
प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रदेश खेलकुद परिषद्को आयोजनामा आयोजित प्रतियोगितामा हुम्ला बाहेक ९ जिल्लाका खेलाडी र प्रशिक्षक गरी झन्डै ८ सयको हाराहारीमा सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कर्णाली खेल क्षेत्रमा अग्रसर भइरहेकोप्रति खुसी व्यक्त गगर्नुभयो । थुप्रै ख्यातिप्राप्त खेलाडी जन्माएको कर्णाली उर्वर भूमि रहेको भन्दै शर्माले सरकार खेल क्षेत्रको विकासमा अग्रसर भइरहेको उल्लेख गर्नुभयो ।
उद्घाटन कार्यक्रममा सहभागी कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली विपन्नताबाट गुज्रिएको भए पनि खेल क्षेत्रमा उल्लेखनीय विकास भइरहेको बताउनुभयो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले भननुभयो अझै पनि खेल क्षेत्रका लागि कर्णालीमा पूर्वाधारको अभाव भइरहेकाले सरकारले यतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया