प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बस्नेगरी बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

‘वैशाख ८ गते शुक्रबार बिहान नौ बजे बालुवाटारमा बस्नेगरी बैठक आव्हान भएको छ’, गजुरेलको भनाइ छ ।

सोमबार बसेको प्रमुख तीन राजनीतिक दल र सभामुखसहितको छलफलमा प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बोलाउन दलहरुबीच सहमति जुटेको थियो ।

प्रतिक्रिया