महिनावारी विभेद अन्त्य गर्न सांसद रानाको माग

महिनावारी विभेद अन्त्य गर्न सांसद रानाको माग

सुर्खेत –  दैलेख क्षेत्र नम्बर -२ बाट निर्वाचित  प्रतिनिधिसभा सांसद सिता कुमारी रानाले महिनावारी विभेदको अन्त्य गर्न माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभामा बोल्दै उहाँले कर्णाली तथा सुदुरपश्चिममा रहेको महिनावारी विभिद(छाउपडी प्रथा)को अन्त्य गर्न संसदमा माग गर्नुभएको हो ।

महिनावारी अन्त्यका लागि छाउगोठ भत्काइएपनि पुन ठडिसके तर, सरकार मौन छ, उहाँले भन्नुभयो’, छाउगोठमा सर्पले टोकेर दैलेखकि तुलसा शाही, लालसरि विकको मृत्यु भएको सरकारलाई थाह नभएको होइन । छाउगोठमै बसेर कैयौँ किशोरी बलात्कृत हुनु परेको छ । सर्वोच्च अदालतबाट महिनावारी विभेद उन्मुलनको लागि कार्यक्र संचालन गर्न र कानुन बनाउन २०६२ फागुन २ गते परमादेश जारि भएको छ । अहिले मुलुकि ऐनअपराध सहिताको दफा १६८ ले छाउपडिमा राख्ने वा भेदभाव गर्नेलाई तिन महिना कहिद वा तीन हजार रुपैँया जरिवाना दुबै सजाए हुन सक्ने कानुनी व्यवस्था गरिएको छ । कानुन कडाइका साथ गरि परम्परावादी कु प्रथा तुरुन्त हटाइयोस ।’

याैंनिक तथा लैंगिक अल्पसंख्यकका सवालहरु पनि राज्यले ध्यान दिनकाे लागि सरकारकाे ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया