कर्णालीमा नयाँ तीन मन्त्रीको सपथ भोली हुने

कर्णालीमा नयाँ तीन मन्त्रीको सपथ भोली हुने

सुर्खेत – कर्णाली प्रदेश सरकारमा सहभागि हुनेहरुको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई नेपाली काँग्रेसले सिफारिस गरेसँगै कर्णालीको सरकारमा नेपाली काँग्रेस सहभागि हुने भएको छ ।

आज नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा सुर्खेतका खड्क पोखरेल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा दैलेखका कृष्ण विसी सिफारिस गर्नुभएको थियो ।

एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि हालका लागि काँग्रेस उनै मन्त्रालयमा जान तयार भएको हो । कालिकोटका हिक्मत विष्टलाई काँग्रेसले मन्त्री बनाउने भनेर प्रचार गरेपनि उनी सभामुख बन्ने करिब निश्चित देखिएको हो ।

मुख्यमन्त्री शर्माकहाँ मन्त्रीको नाम सिफारिस भइसकेपछि भोली तीनै जना मन्त्रीलाई प्रदेश प्रमुख तिलक परियारले सपथग्रहणगराउने निश्चित भएको छ ।

 

प्रतिक्रिया