कर्णालीमा तीन जना मन्त्रीहरूकाे बुधवार सपथ हुने
सुर्खेत – कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट तीन जना मन्त्रीहरुलाई बुधवार पद तथा गोपनीयता सपथ र पदभार ग्रहण गर्नुहुने भएको गएको छ । काँग्रेसले मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलवार मन्त्रीमा समावेश गरिने प्रदेश साँसदहरुको नाम बुझाएपछि उहाँहरुको सपथ र पदभार ग्रहणको समय तय गरिएको हो ।
नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा दैलेखका कृष्ण विसी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका बेदराज सिंह र सामाजिक विकास मन्त्रीमा सुर्खेतका खड्क पोखरेल सिफारिस गर्नुभएको हो ।
साढे तीन महिना लामो सहकार्य तोडेर एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त मन्त्रालयमा काँग्रेसले जान तय गरेको हो । कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट तीनै जना मन्त्रीलाई बुधवार पद तथा गोपनीयताको सपथ गराउने निश्चित गरिएको मुख्यमन्त्री शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया