कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने

कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने

सुर्खेत –  कर्णाली प्रदेशमा मंगलबार सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ ।

मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्ण कुमार बिसी, खड्ग बहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । तीन जनाको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले आज शपथ गराउने तयारी भइरहेको बताउनुभयो । प्रदेशसभामा १४ सिटसहित पहिलो दल रहेको कांग्रेसले अबको अढाई वर्षपछि मात्रै सरकारको नेतृत्व पाउने र अहिले माओवादी नेतृत्वकै सरकारमा सहभागिता जनाउने भएको हो । सरकारको नेतृत्वमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया