गण्डकीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

गण्डकीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

पोखरा-  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल हुनुभएको छ ।

प्रदेश सभाको शनिबारको बैठकमा उहाँले विश्वासको मत पाऊँ भनी गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा २४ मत मात्र प्राप्त गर्नुभयो । योसँगै एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार करिब एक सय दिनमै ढलेको छ ।

६० सदस्यीय प्रदेश सभामा मत विभाजन हुँदा २४ सांसदले मात्र उहाँलाई विश्वासको मत दिएका छन् । विपक्षमा ३५ मत खसेको छ । बहुमतका लागि ३१ मत आवश्यक पर्छ । अधिकारी सरकार ढलेसँगै अब प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् ।

प्रतिक्रिया