कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिँदै

सुर्खेत-  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार प्रदेशसभामा पुगेर विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराइसकेका छन् । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले शुक्रवार दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकबाट शर्माले विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन् ।

उहाँले भन्नुभयो, ‘विश्वासको मत लिन भनेर मुख्यमन्त्री शर्माज्यूले आज पत्र दर्ता गराउनुभएको छ । विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घण्टापछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ । तर, १५ गतेसम्मका लागि समय टन्नै छ ।’

शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक ६ माघमा विश्वासको मत लिएका उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला नेकपा एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदको मत पाएका थिए । तर, राष्ट्रिय राजनीतिमा कांग्रेससँग सत्ता सहकार्य गरेर अघि बढिरहेको अवस्थामा प्रदेशमा पनि त्यही लागू हुने भए पनि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो । त्यसयता शर्माले कांग्रेसलाई सरकारमा सहभागी गराएका छन् ।

प्रतिक्रिया