कर्णालीका विद्यार्थीले समयमै पाए नयाँ पाठ्यपुस्तक

कर्णालीका विद्यार्थीले समयमै पाए नयाँ पाठ्यपुस्तक

सुर्खेत –  हिमाली तथा पहाडी क्षेत्रलाई प्राथमिकता दिइएकाले ती क्षेत्रमा पाठ्यपुस्तक पुग्ने क्रम जारी छ । कर्णालीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाइसकेका छन् । विगतमा पाठ्यपुस्तक अभाव हुँदा सबैभन्दा बढी गुनासो हिमाली क्षेत्रमा हुने गथ्र्यो । यस पटक भर्ना भएकै दिनमा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुगेका छन् ।

प्राथमिकतामा नपर्ने तथा ढुवानीलगायतका सहजताका कारण हिमाली र पहाडी क्षेत्रका विद्यार्थीले निकैपछि मात्र पाठ्यपुस्तक पाउने गरेका थिए ।

तराईका जिल्लामा पाठ्यपुस्तक पुर्याउन सजिलो हुने भएकाले जनक शिक्षा सामग्री केन्द्रले सुरुदेखि नै हिमाली र पहाडी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरेको छ । मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ ।

प्रतिक्रिया