संसद भवनमा कांग्रेस संसदीय दलको बैठक जारी

संसद भवनमा कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं –  सत्तारुढ घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसिरहेको हो । आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्वछलफलका लागि बैठक राखिएको बताइएको छ ।

अर्थतन्त्र जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्नेबारेमा पार्टीले विज्ञहरूलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको एक नेताले बताए ।

प्रतिक्रिया