चितवनमा रवि लामिछानेले कटाए ४० हजार मत
काठमाडौँ – प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर झनै फराकिलो पारेका छन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार ५६ हजार ५०० मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार ३५८ मत पाएका छन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् । चितवन २ मा अहिले मतगणना जारी छ ।
प्रतिक्रिया