सरकारलाई समर्थन दिएको समर्थनबारे पुनर्विचार गर्नेछौँ : लामिछाने

सरकारलाई समर्थन दिएको समर्थनबारे पुनर्विचार गर्नेछौँ : लामिछाने

काठमाडौँ –   राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने भएको छ।

चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो पार्टीका उम्मेदवार तथा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताउनुभएको हो ।

सरकारको कार्यशैली चित्त बुझ्दो नरहेको बताएका उहाँले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताउनुभएको हो । सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थनको औचित्य पनि नदेखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया