लुम्बिनीको मुख्यमन्त्रीमा चौधरीको दाबी पेश
काठमाडौँ – लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदका लागि प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्नुभएको छ ।
नेकपा एमाले दलका नेता लीला गिरी नेतृत्वको सरकार ढलेसँगै कांग्रेस(माओवादी गठबन्धनको तर्फबाट चौधरीले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।
कांग्रेस संसदीय दलका नेता चौधरीले ८ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्नुभएको छ ।
माओवादी केन्द्र, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र २ स्वतन्त्र सांसदले चौधरीलाई समर्थन गरेका छन्। चौधरीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ।
गिरी नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन आह्वान गरेका थिए ।
प्रतिक्रिया