रवि र स्वर्णिमले लिए शपथ

रवि र स्वर्णिमले लिए शपथ

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिनुभएको छ । उपनिर्वाचनमा निर्वाचित भएका उनीहरुले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनुभएको हो ।

उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र यादव भने शपथ समारोहमा अनुपस्थित रहे । उहाँ बारामा रहेकोले उनी शपथमा सहभागी नभएका हुन् ।

उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया