मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत

मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक  विश्वासको मत

सुर्खेत –   कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाउनुभएको छ । शुक्रबार तेस्रो पटक विश्वासको मत लिने क्रममा मतदान गर्ने ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत परको छ।

चैत २६ गते कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए । शर्मा पुस २७ गते नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका थिए । उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिनुभएको थियो।

केन्द्रमा सत्ता फेरिएको फेरिएलगत्तै राप्रपा कर्णाली सरकारबाट बाहिरिएको थियो । राप्रपाकी कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको थियो ।

राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुभएको थियो । यस्तै मुख्यमन्त्री शर्माले दोस्रो पटक चैत १७ गते विश्वासको मत लिनुभएको थियो ।

कर्णाली प्रदेशसभामा हाल कांग्रेसका १४ र माओवादीका १३ सांसद छन् । यस्तै एमालेका १० सांसद रहँदा स्वतन्त्र, नेकपा एस र राप्रपाका एकएक सांसद छन् ।

शर्माले नेकपा एमाले र राप्रपाबाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गर्नुभएको हो । उहाँलाई माओवादीको १३, कांग्रेसको १४, एकीकृत समाजवादी र स्वतन्त्र एकएक जना सांसदले पक्षमा मत हालेका हुन् ।  कर्णालीमा हाल माओवादी र कांग्रेसको गठबन्धन सरकार छ ।

प्रतिक्रिया