संघीय संसदका दुवै सदनको अधिवेशन मध्यरातिदेखि अन्त्य

संघीय संसदका दुवै सदनको अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौँ –  संघीय संसदमा दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य गरिएको छ।
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८० साल वैशाख १५ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेको छुु, उहाँले भन्नुभएको छ ।

गत मंसिर ४ गतेको आमनिर्वाचनपछि पहिलो बैठक पुस २५ गते बसेको थियो। शुक्रबार बसेकोसहित यो अधिवेशनका क्रममा जम्मा २८ वटा बैठक बसेका छन्।

प्रतिक्रिया