बालबालिकाले टाँसे घरघरमा सरसफाई आचासंहिता

बालबालिकाले टाँसे घरघरमा सरसफाई आचासंहिता

सुर्खेत –  दैलेखको महाबु गाउँपालिकामा पुर्ण सरसफाई उन्मुख गाउँ बनाउनका लागि बालबालिकाले आचारसंहिता बनाएका छन् । हेल्भेटास नेपालको आर्थिक सहयोग सोसेक नेपालद्धारा संचालित एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम संचालन पश्चात् यहाँका गाउँटोल फेरिदै गएका छन् ।

महाबु गाउँपालिका -४ मा संचालित तल्लो कालिकोइरेली खानेपानी तथा सरसफाइ योजनाका २५ घरधुरिका बालबालिकाले आचासंहिता बनाएका हुन् । गाउँ टोल पुर्ण सरसफाई राख्नको लागि बालबालिकाहरुले आचारसंहिता बनाएर घरमा टाँसेका छन् ।

साबुनपानीले हात धुने, फोहोर खाल्डोमा फाल्ने, बालबिबाह नगर्ने, महिनावारी नबार्ने लगायतका आचासंहिता बनाएर घरघरमा टासिएको छ । बालबालिकाले नै यसरि पुर्ण सरसफाई सम्बन्धि आचारसंहिता बनाएर टाँसेपछि अभिभावकले पुर्ण रुपमा पालना गरेर गाउँ टोल सरसफाई राख्न पुर्ण रुपमा सहमत रहेको यहाँका अभिभावक बताउँछन् ।

पहिले सरसफाइ सम्बन्धि बालबालिकालाई जानकारी नभएको र ३६ जना बालबालिकासँग छलफल गर्दा आचारसंहिता बनाएर कार्यान्वयन गरेर प्रायोग गर्न लगाउर्छौँ भन्ने कुरा भएर अघि बढेको सामुदायिक सहजकर्ता निर्मला नेपालीले बताउनुभयो । उहाँ अनुसार अहिले पुर्ण सरसफाईको लागि बालबालिकाकाले पत्येक घरमा आचासंहिता टासेको उहाँले बताउनुहुन्छ ।
हाम्रो लक्ष्य भनेको पालिकाकाको सबै वडा पुर्ण सरसफाइ सम्बन्धि आचारसंहिता बनाएर टास्ने लक्ष्य, ‘उहाँले भन्नुभयो, यहि अभियानले पुर्ण सरसफाईका सुचकहरु नपुगेका ठाउँहरुमा अब आचारसंहिताका सुचकहरु निर्माण हुन थालेका छन् । प्रयोग र कार्यन्वयनमा आउन थालेका छन् ।’

पुर्ण सरसफाइ सम्बन्धि घरमा आचार संहिता बनाइ बालबालिकाहरुले टाँसेका छन जसको कारण अभिभावक ले पनि यसको कार्यन्वयन गर्ने उहाँले बताउनुभयो ।

आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यले आफुहरु पुर्ण सरसफाई युक्त गाउँ बनाउनको लागि लागि परेको सरसफाई अभियान्ता एलिना सिंह बनाउनुहुन्छ । हामीले घरघरमा आचासंहिता लागु गर्दा आचासंहिता नटासेको घरकाले हाम्रो घरमा पनि आचासंहिता टास्न पनि भन्नुहुन्छ र सरसफाईमा पनि ध्यान दिने गर्नुहुन्छ उहाँले भन्नुभयो ।

गाउँटोल सरसफाई राख्नका लागि हाम्रा बालबालिका नै यसरि सरसफाई अभियानमा जुटेपछि आफुहरु पनि पुर्ण रुपमा लागु गर्ने अभिभावक स्थानीय झुलादेवि शाही बताउँनुहुन्छ । बालबालिकाले राम्रो हो हामी मान्छौँ भन्नुभएको छ । बालबाबिबाहको कुरा महिनावारी स्वच्छता लगायतका विषयमा कार्यान्वयन गर्छन ।

 

प्रतिक्रिया