अभिभावक बिहिन बालकको सहारा बने मिनराज

अभिभावक बिहिन बालकको सहारा बने मिनराज

सल्यान –  आमा बुवा बिहिन सल्यानका दुई बालकको मिनराज डिसी अभिभावक बन्नुभएको छ । स्थानीय समाजसेवी मिनराज डिसीले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ५ खैरागारका ७ वर्षीय हिमाल राना र १२ वर्षीय प्रदीप रानालाई बागेश्वरी माध्यमिक विद्यालय सिम्ता सुर्खेत र लर्नग्रिन रिभर बोडिङ स्कुलमा भर्ना गर्नु भएको छ ।

हिमाल ख वर्गको अपांगता समेत छन् । दुवैलाई डिसीको समन्वयमा विद्यालयले निःशुल्क पढाउने तथा होस्टेलमा बस्ने व्यवस्था मिलाइएको छ ।
६ वर्ष अघि बुवा बुदे रानाको मृत्यु र एक वर्ष अघि आमा कुमारी राना अर्कोसँग विवाह गरी गएपछि तीन भाई बेहसारा भएका थिए । जेठो दाई १३ वर्षीय खुमलाल राना पनि क वर्गको अपांगता हुनु हुन्छ । आमाबुवा बिहिन तीन भाई ८० वर्षीय वृद्धा हजुरआमा हिमा रानाको सहयोगमा बस्दै आइरहेका थिए ।

सबै जना काम गरेर खान नसक्ने भएपछि डिसीले दुई भाइलाई पढ्ने, खाने, बस्ने व्यवस्था सहित विद्यालयमा भर्ना गराउनु भएको हो । गत वर्ष १२ वर्षीय प्रदीपलाई सल्लीबजारमा रहेको बोडिङ स्कुलमा भर्ना गराएको र यस वर्ष अर्पागत भएका हिमाललाई सुर्खेतको एक विद्यालयमा भर्ना गराएको समाजसेवा मिनराज डिसीले बताउनुभयो ।

प्रतिक्रिया