रवि लामिछाने प्रधानमन्त्री प्रचण्डबिच भेटबार्ता

रवि लामिछाने प्रधानमन्त्री प्रचण्डबिच भेटबार्ता

काठमाडौँ –   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको छ ।

बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार जानुभएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिनुभएको छ ।

यसैबीच रास्वपालाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आउनुभएको छ । तर सो पार्टीले सरकारमा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन । सो पार्टीले सरकारमा सहभागीताबारे निर्णय गर्न सोमबार बैठक बोलाएको छ ।

 

प्रतिक्रिया