कर्णालीले जित्यो पहिलो पटक स्वर्ण पदक

कर्णालीले जित्यो पहिलो पटक स्वर्ण पदक

सुर्खेत –   कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम राखेको छ । दशरथ रंगशालाको कर्बड हलमा आयोजित १३ औँ केन्द्रस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी कर्णालीले जित हात पारेको हो ।

छात्रतर्फ गण्डकीलाई पराजित गर्दै कर्णालीले जित हात पारेको हो । कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेलेको थियो ।

वेस्ट अफ फाइनलमा खेलाइएको खेलमा पहिलो सेट कर्णालीले जितेको थियो भने दोस्रो र तेस्रो सेट गण्डकीले जितेको थियो ।

यस्तै चौथो सेट कर्णालीले जितेको थियो भने फाइनल सेट पनि कर्णालीले जितेको हो ।

प्रतिक्रिया