कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य
सुर्खेत – कर्णाली प्रदेश सभाको दोस्रो कार्यकाल अन्तर्गतको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ ।
आइतबार दिउँसो नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरी मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष सिफारिस पत्र बुझाउनुभएको थियो ।
प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो । चालु अधिवेशन अन्तर्गत अहिलेसम्म १५ वटा बैठक बसेका थिए ।
प्रतिक्रिया