कांग्रेस नेता भण्डारी उपचार गराएर फर्किए स्वदेश

कांग्रेस नेता भण्डारी उपचार गराएर फर्किए स्वदेश

काठमाडौँ –  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फर्किनुभएको छ । आइतबार साँझ उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको हो ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार फर्किनुभएको हो ।
उनको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गरिएको थियो।

पछिल्लो समय नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उहाँ बोल्ने र हिँड्ने गर्न थाल्नुभएको छ। नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन्।

आगलागीमा परी नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । उहाँकी आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।

नेता भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो।

प्रतिक्रिया