कानुन व्यवसायीहरुद्धारा जिल्ला अदालत सल्यानमा धर्ना

कानुन व्यवसायीहरुद्धारा जिल्ला अदालत सल्यानमा धर्ना

सल्यान – सल्यानका कानुन व्यवसायीहरुले जिल्ला अदालत सल्यानमा १ घण्टा धर्ना दिएका छन् । प्रधान न्यायाधीशको नियुक्त लगायत विभिन्न माग राख्दै नेपाल बार एसोसिएसन सल्यान जिल्ला अदालत सल्यान अगाडी आइतबार बिहान ११ बजे १२ बजे सम्म एक घण्टा धर्ना दिएको हो ।

न्यायपालिकामा रहेको भ्रष्टाचार, विकृति विसङ्गतिको अन्त्य तथा न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि दबाबमूलक कार्यक्रम अन्तर्गत आज पहिलो चरणको धर्ना अभियान सुरु गरिएको नेपा बार एसोसिएसनका अध्यक्ष सिपी वलीले बताउनुभयो । उहाँका अनुसार धर्नाका कार्यक्रम एक हप्ता सम्म जारी रहने तर सेवा भने नरोकिने बताउनुभयो ।

स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ,न्यायालय भित्रको विकृति विसङ्गतिको अन्त्य गर, सर्वोच्च अदालत लगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्त गर्नुपर्ने लगायतका माग रहेका छन् । यस्तै संवैधानिक दायित्व पुरा गर्नुपर्ने संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनु पर्ने र संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने लगायतका माग धर्ना कार्यक्रममा समेटिएका छन् ।

प्रतिक्रिया