सल्यान प्रशासनले सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने

सल्यान प्रशासनले सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने

सल्यान-   जिल्ला प्रशासन कार्यालय सल्यानले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । सेवाग्राहीको हितलाई ध्यानमा राखी प्रशासनले विभिन्न चाडपर्व र दिवसमा दिँदै आएको बिदामा पनि सेवा प्रवाह गर्ने भएको हो ।

नेपाल सरकार गृह मन्त्रालयको निर्णय अनुसार २०८० साल वैशाखदेखि १ गते देखि चैत्र मसान्तसम्म बिदाको दिनमा पनि सार्वजनिक सेवा नियमित रुपमा प्रवाह गर्ने व्यवस्था गरे अनुरूप सार्वजनिक बिदाको दिनमा पनि सेवाग्राहीका लागि प्रशासन कार्यालय खुल्ला रहने प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल बताउनुभयो ।

उहाँका अनुसार २०८० सालभित्र पर्ने उभौली, चण्डी पूर्णिमा, बुद्ध जयन्ती, गणतन्त्र दिवस, रक्षा बन्धन, कृष्णाष्टमी, घटस्थापना, क्रिसमस डे, उँधौली, धान्य पूर्णिमा, योमरी पुन्ही,तमु ल्होसार, पृथ्वी जयन्ती, माघी, सोनाम ल्होसार, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्रि, अन्तर्राष्ट्रिय महिला दिवस, ग्याल्बो ल्होसार, इद उल फित्र र इद उल अजहा लगायतका चाडपर्व र दिवसहरूमा पनि प्रशासन कार्यालय खुला रहने र सेवा प्रवाह हुने छन् ।

सार्वजनिक बिदाको दिनमा पनि नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जिकरण सम्बन्धी सेवा प्रवाह हुने प्रमुख जिल्ला अधिकारी खरेलले बताउनुभयो ।

प्रतिक्रिया