रास्वपा संसदीय दलको नेतामा लामिछाने सर्वसम्मत
काठमाडौँ – रास्वपा संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएको छ । सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
सो पार्टीको आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको थियो । बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो ।
वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट प्रनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यस्तै बैठकले सचेतकमा निशा डाँगीलाई चयन गरेको प्रमुख सचेतक परियारले बताउनुभयो । त्यसअघि दलको नेता रहेका डीपी अर्यालले लामिछाने निर्वाचित भएलगत्तै राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया