श्रम अनुसारको ज्याला नहुदा जीवन धान्नै मुश्किल
सल्यान- श्रम अनुसारको ज्याला नहुदा जीवन धान्नै मुश्किल रहेको सल्यानका श्रमिकहरुले गुणासो गरेका छन् । ज्यालामा समानता हुनुपर्ने र श्रमअनुसारको ज्याला हुनुपर्ने श्रमिकहरुको माग भएपनि श्रमअनुसारकै ज्याला नपाएको उनीहरुको गुणासो छ । शारदा नगरपालिका– ४ कि निर्मला बस्नेतले जुन सुकै श्रम गरे पनि श्रमिकले काम अनुसारको ज्याला नपाएको गुणासो गर्नुभएको छ । दिनभरि काम गरेपनि साँझको छाक टार्नै मुश्किल हुने गरेको बताउनुभयो ।
यस्तै अर्का स्थानिय लक्ष्मी बस्नेतले काम र ज्यालाविचमा समानताको जति कुराभएपनि एकै ठाउँमा काम गर्ने महिला र पुरुषमा गरिने बिभेद अन्त्य नभएकोे बताउनुभयो ।
कामको आधारमा दिइने ज्याला अझै पनि महिला र पुरुषमा गरिने बिभेद कायम रहेको उहाँको भनाइ छ । बेरोजगार भएर खालि बसि रहनु भन्दा बाध्यताले पनि असामान ज्यालामा काम गर्नुपर्ने स्थानियको भनाइ छ ।
प्रतिक्रिया