लम्पीस्किन रोग तीव्र फैलिँदै

लम्पीस्किन रोग तीव्र फैलिँदै

सल्यान-  सल्यानमा आयुर्वेद्धिक उपचारमा नागरिकको चासो बढेको छ । जसका कारण पछिल्लो समय जिल्लाको सदरमुकाम खलंगामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि सेवाग्राहीको संख्यान दिनप्रतिदिन बढ्दै गएको छ । अहिले यहाँ उपचारका लागि दैनिक ४० जना सम्म सेवाग्राही आउने गरेका छन् ।

आयुवेद्धिक उपचारमा चासो बढ्नुका साथै जडिबुटिबाट बनेको आयुर्वेद्धिक औषधि सेवन गर्ने नागरिक बढेका छन् । स्वास्थ्य केन्द्रका अभ्यानकर्ता राधिका शाहले पछिल्लो समयमा सेवासुविधालाई थप विस्तार गरेसँगै सेवाग्राही बढेको बताउनुभयो । जसमा बालबालिका भन्दा ४० बर्ष माथिका नागरिकको भिड बढी हुने गरेको उहाँको भनाइ छ ।

सल्यानमा गाई भैँसीमा लम्पीस्किन रोग संक्रमण तीव्र रुपमा फैलिएको छ । लम्पीस्किन रोगबाट हालसम्म जिल्लामा १ सय ५० भन्दा बढी पशु चौपाया मरी सकेका छन् ।

कालीमाटी गाउँपालिकाबाट फैलिएको रोग अहिले सबै पालिकामा फैलिएको छ । खेतीपातीको सिजन सुरु हुँदै लाग्दा रोगबाट पशु चौपाया मर्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । बालीनाली नलगाउने सिजन हुँदै गर्दा बस्तुभाउ मर्न थालेको स्थानीय किसान भूपेन्द्र केसीले बताउनुभयो । गाउँघरका सबै गाई गोरुमा रोग फैलिएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो कुटो कोदालोले बारी खनेर साध्य छैन र जोत्ने गोरु बिरामी छन् । बारी केले जोत्ने हो समस्या छ ।

गाई गोरुमा मात्र देखिएको रोग पछिल्लो समय भैँसीमा समेत देखिन थाले पछि थप समस्या आएको अर्का किसान गुम बहादुर कँवरले बताउनुभयो ।

यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुने गर्दछ । गर्मी याममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।

गाई भैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्ने पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख गोविन्द महले बताउनुभयो । भ्याक्सिनको सटेज भएपछि काठमाण्डौबाट मगाएर औषधी उपचार गर्ने प्रयास भइरहेको उहाँको भनाई छ ।

कर्णाली प्रदेशका १० जिल्ला मध्ये सल्यानमा यो रोगको संक्रमण बढी फैलिए पछि प्रदेशबाट विज्ञ टोली आएर समेत रोगका बारेमा जानकारी समेत लिएको छ । संक्रमण फैलिएको स्थानबाट नमुना सङ्कलनको काम भइरहेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला कर्णाली प्रदेशका विकास श्रेष्ठले बताउनुभयो । तीव्र रुपमा रोग फैलिँदै गएपछि कर्णाली प्रदेश सरकारले उक्त रोग विरुद्धको भ्याक्सिन खरिद प्रक्रिया अघि बढाएको छ ।

यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिँगालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाई भैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने कार्यालयले जनाएको छ ।

सिद्धकुमाख गाउपालिका ३ ढोरचौरकी निमा पुनले आयुर्वेद्धिक औषधिले आफुलाई सन्चो बनाएको बताउनुभयो । केहि समय पहिलेदेखी हातखुुट्टा दुख्ने समस्या भएको र मेडिकलमा ठिक नभएपछि आयुर्वेद्धबाट मालिस गर्ने औषधि लिएर प्रयोग गरेपछि ठिक भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया