गण्डकीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

गण्डकीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ-   गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा भएको एक समारोहमा शपथ लिनेहरूमा नेपाली कांग्रेसबाट महेन्द्रध्वज जीसी, जितप्रकाश आले र दिपेन्द्रबहादुर थापा र माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली रहनुभएको छ । समाजवादीका राजीव गुरुङको नाम अन्तिममा हटाएर जितप्रकाश आलेको नाम सिफारिस गरिएको थियो ।

जीसीलाई कृषि तथा भूमि व्यवस्था, आलेलाई आर्थिक मामिला र थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाउनुभएको छ । उहाँहरूलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया