बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग

बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग

सुर्खेत-  सुर्खेतका बादी समुदायका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ । वीरेन्द्रनगर –८ खजुरामा रहेको बादी सरोकार मञ्चमा आश्रित ११० जना बालबालिकाका लागि शनिवार एमआरआर सुर्खेतको समन्वयमा चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) को अष्ट्रेलियामा रहेका यूवाहरुले साढे ३ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

बादी आवास गृहमा आश्रित बालबालिकाले विभिन्न अभाव झेलिरहेको थाहा पाएपछि एमआरआरका अष्ट्रेलियामा रहेका सदस्यहरुले अभियान नै चलाएर सहयोग रकम संकलन गरेको एमआरआर सुर्खेत संयोजक सागर लम्सालले बताउनुभयो ।

लम्सालका अनुसार आवसगृहमा ५० बोरा चामल, चार बोरा दाल, चार वटा ग्यास सिलिन्डर, ग्यास चुलो दुई थान, एक बोरा चिनी, चार कार्टुन तेल, सुजी र चिउरा लगायतका सामग्री प्रदान गरिएको छ ।

प्रतिक्रिया