स्वास्थ्य केन्द्रमा आगजनी
फाइल तस्बिर
दैलेख- दुल्लुको आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ ।
शनिबार राति दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित स्वास्थ्य केन्द्रमा आगलागी हुँदा करिब १५ लाख बराबरको धनमाल क्षति हुन पुगेको छ ।
स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यका अनुसार बर्थिङ सेन्टरका औषधि उपकरण तथा सर्जिकल सामान राखिएको मिनी स्टोरमा आगलागी हुँदा सो स्टोरमा रहेका सबै औषधि र उपचारजन्य सामग्रीहरू जलेर नष्ट हुन पुगेको छ । उहाँका अनुसार सोही कोठामा स्वास्थ्य केन्द्रमा रहेका मध्ये महंगो औषधि र उपकरण राखिएको थियो ।
उहाँका अनुसार सो आगलागीमा परेर करिब १५ लाख रूपैयाँ मुल्य बराबरको धनमाल क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले स्वास्थ्य केन्द्रको ढोकामा लगाइएको ताला फोडिएको अवस्थामा फेला परेकाले घटना थप शंकास्पद भएको भन्दै छानबिन प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार पहिला पनि सो स्वास्थ्य केन्द्रमा तोडफोड भएकाले नियतबस आगो लगाइएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया