बालिका तथा किशोरीको सुरक्षामा संवेदनशील हुन आग्रह

बालिका तथा किशोरीको सुरक्षामा संवेदनशील हुन आग्रह

दैलेख – नेपालका प्रतिष्ठित कृषि वैज्ञानिक मदन राईले उनी आफैले सञ्चालन गरेको शुभद्रा फाउण्डेशनमा अध्ययनरत बालिका र किशोरीहरुलाई श्रृंखला यौन दुव्र्यवहार सन्दर्भमा बास्तविकता अनुसन्धान गरी कडा कारवाही गर्न सोसेक नेपालले सरकारी निकायहरुको ध्यानार्षण गराएको छ ।

समाजमा भरोसा गरिएका ७४ वर्ष उमेर पुगिसकेका कृषि वैज्ञानिक अनि ज्येष्ठ नागरिकबाट भविष्यका कर्णधार बालिका र किशोरीहरुलाई दुव्र्यवहार हुनु असामाजिक र अशोभनीय कार्य भएको भन्दै सोसेक नेपालका कार्यकारी निर्देशकले सोमवार प्रकाशित गर्नुभएको विज्ञप्तीमा दुःख व्यक्त गर्नुभएको छ ।

बालिका तथा किशोरीको सुरक्षामा संवेदनशील हुन र यस्ता घटनामा शुन्य सहनशीलता कायम गराउन नेपाल सरकार र सरकारका निकायहरुलाई विज्ञप्तीमा आग्रह गरिएको छ ।

फाउण्डेशनमा अध्ययन गर्न आउने सबैजसो बालिका र किशोरीहरुलाई अश्लिल तरिकाले स्पर्स गर्ने, चुम्बन गर्ने, समाउने, अंकलमान गर्ने यौनजन्य आचारण देखाउने गरेको भनी सेतो पार्टी र सञ्चार माध्यमहरुमा आएको थियो ।

पीडित पक्षको उजुरीपछि वैशाख ३० गते प्रहरीले खोटाङस्थित फाउण्डेशनबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई बाल यौन दुव्र्यवहार आरोपमा हिरासतमा राखी अनुसन्धान गर्न खोटाङ जिल्ला अदालतले ७ दिनको थुना अनुमति दिएको बताइएको छ ।

प्रतिक्रिया