ठाटीकाँधका जनप्रतिनिधि र कर्मचारीलेनै उल्लघंन गर्छन् ट्राफिक नियम

ठाटीकाँधका जनप्रतिनिधि र कर्मचारीलेनै उल्लघंन गर्छन् ट्राफिक नियम

सुर्खेत –   गाउँपालिकाको कर्मचारी, वडा अध्यक्ष भनेको पालिकामा शुसासन ल्याउनका लागि काम गर्ने हो । जनताले पसिना बगाएर तिरेको करबाट तलब खाएर जनताको सेवा गर्ने हो । वडा अध्यक्षलाई पाँच वर्ष जनताको सेवा गर भनेर अमुल्य मतदान गरेर जनप्रतिनिधिलाई निर्वाचित गराए । तर, दैलेखको ठाटीकाँध गाउँपालिकाका वडा अध्यक्ष देखि पालिकाका कर्मचारीलाई तलब खान र ट्राफिक नियमको उल्लघंन गर्न ठिक्क छ ।

पालिकाका वडा अध्यक्ष ट्राफिक नियमको पालना गर्दैनन् । बिना हेल्मेट सरकारी बाइक हुइकाउछन् । त्यो पनि तीन जना बोकेर । पालिकाका अरु जनतालाई सु-सुचित गर्नुपर्ने ठाउँमा आफै नियम कानुनको उल्लघंन गर्छन । पालिकाका विभिन्न ठाउँहरुमा पुक्दा बिना हेल्मेट मोटरसाइकल चलाउने गरेको स्थानीय बताउँछन् । ठाटीकाँध प्रहरीका अनुसार वडा अध्यक्ष, पालिकाका कर्मचारीले मोटरसाइकल चलाउदा हेल्मेट प्रयोग गर्दैनन् । ठाटीकाँध प्रहरीका अनुसार आफुहरुले मोटरसाइकल चलाउदा हेल्मेट अनिवार्य गर्दा पनि जनप्रतिनिधि कर्मचारीले हेल्मेट प्रयोग गर्न अटेर गर्ने गरेका छन् ।

शुसासन कायम गर्न र गाउँपालिकामा विभिन्न विकासका काम गर्ने वडा अध्यक्ष देखि कर्मचारीलेनै यसरि नियमको पालना नगर्नु लज्जास्पद भएको स्थानीय बताउँछन् । वडा चलाउने वडा अध्यक्षले र गाउँपालिकाका कर्मचारीले नै ट्राफिक नियमको पालना गर्देनन् यहाँका अन्य स्थानीयले पनि पालना नगर्ने गरेको स्थानीयको भनाई छ ।

प्रहरी चौकी अगाडीबाटै हेल्मेट नलगायएर, एउटै मोटरसाइकलमा तीन जना चढेर प्रहरी चौकी अगाडीबाटै हुइकिन्छन् । तर, प्रहरी मुकदर्शक भएर टुलुटुलु हेरिरहन्छ । आफुहरुले धेरै पटक अनुरोध गर्दा पनि अटेरि गरेको ठाटीकाँध प्रहरी चौकीका असइ कृष्ण कुवँर बताउनुहुन्छ । म भर्खरै आएको नयाँ हो,’उहाँ भन्नुहुन्छ, ‘अन्त सबै ठाउँ पनि देखे । यस्तो कही पनि भेटिन यहाँ आउँदा आश्चर्य लगेको छ । पटक पटक अनुरोध गरियो अटेर मात्र गर्नुहुन्छ, विभिन्न बहाना बनाउनुहुन्छ । नमाने होल्ड गर्ने हो कार्वाही गर्ने अख्तियारी हामीलाई छैन ।’

पालिकाका जनप्रतिनिधि र कर्मचारीले हाम्रै करबाट तलब खाएर सरकारी बाइक हुइकाउदै बिगुर्सि मार्दे बाइक हुईकाउछन् एक स्थानीयले भने । ‘पालिकामा विकास गर्लान्, बाटोघाटो, कृषि, शिक्षा स्वास्थ्यको क्षेत्रमा काम गर्लान् भनेर चुनाबका बेला अमुल्य भोट दिएर निर्वाचित गराइयो अहिले नमस्कार गर्दा मुन्टो बटार्छन्,’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया