बिमा प्राधिकरणको ५५ औँ वार्षिक उत्सव सम्पन्न

बिमा प्राधिकरणको ५५ औँ वार्षिक उत्सव सम्पन्न

सुर्खेत –   नेपाल बिमा प्राधिकरणले ५५ औँ वार्षिक उत्सव मनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यतामा सुर्खेतमा सम्पन्न भएको छ ।

प्राधिकरणको ५५औं वार्षिकोत्सब को अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले कर्णालीमा सहर केन्द्रित मात्र नभएर गाउँगाउँसम्म पुगेर जनताको जीवन र सम्पितिको लागि बिमाका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रदेश सरकारको तर्फबाट हुने सहयोग आफु गर्न तयार रहेको समेत बताउनुभयो । बिमा कम्पनिको व्यवहारमा परिर्वतन आउनुपर्ने, सामाजिक न्याय सहितको आर्थिक विकास हुनमा जोड गर्नुपर्ने, विपन्न वर्गले पनि बिमाबाट लाभ पाउने गरि चेतना बढाउनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै नेपालको बर्तमान आर्थिक स्थिको बारेमा स्पस्ट पादै नेपाल राष्ट बैक कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले बिमा क्षेत्रमा काम गर्दा बिमा लिदा जसरी मेहनका साथ काम गर्नुहुन्छ दाबी भुक्तानी दिदा पनि त्यही किसिसमको गर्नुपर्ने बताउनुभयो ।

उद्योग बाणिज्य संघ कर्णाली प्रदेश अध्यक्ष पदम शाहीले बिमा आवश्यक र राम्रो भएको बताउनुभयो । बिमा दाबि भुक्तानी प्रक्रियामा झन्झटिलो भएको र यस्लाई सुधार गर्नुपर्ने उहाँको भनाई थियो ।

बिमाको पहुँचमा नभएका ठाउँसम्म पुगाउनुपर्ने अजोड इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख योगेन्द्र कार्कीले बताउनुभयो । दुरदराजका ठाउँमा अहिलेसम्म पनि बिमाको पहुँच पुगेको छैन । सुगमममा मात्र नभएर दुर्गममा पनि बिमाको पहुँचमा नागरिक हुनुपर्ने बताउनुभयो ।

नेपाल बिमा प्राधिकरणले ५५ औँ वार्षिक उत्सवमा प्रभातफेरीमा सहभागी युनाइटेड इन्स्योरेन्स लगायत अन्य जिवन तथा निर्जिवन बिमा कम्पनी का कर्मचारी तथा अभिकर्ता हरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

उत्सवको अवसरमा विभिन्न खेलकुदको आयोजना

नेपाल बिमा प्राधिकरणको वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुदको आयोजना भएको थियो । खेलकुद अन्र्तगत फुटसल प्रतियोगिता वैशाख २७ गते देखि २९ सम्म भएको थियो । जस्मा फुटसल ननलाइफ निर्जिवन तर्फ ‘ए’ टीम बिजेताभएको थियो भने निर्जिबन ‘सि’ टीम उप-बिजेता भएको थियो । फुटसलमा नेपाल बिमा प्राधिकरण्ण सहित ८ वटा टीम सहभागि भएको बताइएको छ ।
२८ देखि ३० सम्म अन्तरबिमक हाजिरीजबाफ प्रतियोगिता भएको थियो । ३० वटा टीम सहभागि भएका थिए ।
जस्मा प्रभु इन्सोरेन्सप्रथम, राष्ट्रिय बिमा सस्थान द्धितिय, अजोड इन्स्योरेन्स तृतिय र सुर्य ज्योती लाइफ इन्स्योरेन्सले सान्त्वना स्थान हासिल गरेका थिए ।
त्यस्तै वैशाख ३१ गते रक्तदान कार्यक्रम गगरिएको र ४९ जनाले रक्तदान गरेको बताइएको छ ।

 

प्रतिक्रिया