चट्टयाङ्गले एकै परिवारका चार जना घाइते

चट्टयाङ्गले एकै परिवारका चार जना घाइते

दैलेख – गए राति परेको चट्टयाङ्गले दैलेखमा एकै परिवारका चार जना घाइते भएका छन् । राति सुतिरहेका बेला करिव साढे १० बजेतिर चट्टयाङ्गले उनीहरु घाइते भएका प्रहरीले जनाएको छ ।

डुंगेश्वर गाउँपालिका–२ लाँकुरीमा चार जना २१ वर्षीय पारस बिक, १६ वर्षीया हेमा बिक, १७ वर्षीया पूर्णा बिक र २० वर्षीया पुष्पा बिक घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

चट्टयाङ्ग परे लगतै डुंगेश्वर गाउँपालिका–२ का वडाध्यक्ष यामबहादुर बिष्टको पहलमा राति नै एम्बुलेन्समा दैलेख अस्पताल पु¥याई उपचार थालिएको छ । पारस र हेमालाई बढी चोट देखिएको चारै जना खतरामुक्त रहेको र उपचार चलिरहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया