आचारसंहिता निर्माण पश्चात् अभिभावकले खरिद गरे फिल्टर

आचारसंहिता निर्माण पश्चात् अभिभावकले खरिद गरे फिल्टर

सुर्खेत –   दैलेखको महाबु गाउँपालिका -४ का भिम बहादुर शाही अहिले फिल्टरमा पानी पिउनुहुन्छ । महाबु गाउँपालिका -४ का बालबालिकाले पुर्ण सरसफाइ सम्बन्धि आचार सहिता निर्माण पश्चात् उहाँजस्तै अन्य अभिभावक पनि सरसफाइ अभियानमा जुट्नु भएको छ ।

भिम बहादुर जस्तै महाबु गाउँपालिका -४ कै टिका देवि सिंहले पनि सरसफाइसँगै अहिले सफा पानी पिउनको लागि फिल्टर ल्याउनुभएको छ । बालबालिकाले पुर्ण सरसफाइ सम्बन्धि आचार सहिता निर्माण गरेर लागु गरेसँगै अहिले ४० जनाले एकमुष्ट फिल्टर खरिद गरेर शुद्ध सफा पानी पिउन थाल्नुभएको छ ।

आफ्नै छोराले सरसफाइ सम्बन्धि आचारसंहिता टासेपछि फिल्टर खरिद र घरआगन सरसफाइमा ध्यान दिन थालेको भिम बहादुर शाही बताउनुहुन्छ । पहिले सरसफाइमा त्यती चासो थिएन’, उहआँले भन्नुभयो, आफुले जन्माएको छोराछोरीले नै सरसफाइमा ध्यान दिउँ भनेर भन्दा यो अभियानमा लाग्नैपर्ने हुन्छ ।,

उहाँका छोराछोरी जस्तै यहाँका अन्य अभिभावकका छोराछोरीले पनि यो अभियान थाल्नुभएको छ । पहिले ३६ घरधुरीले मात्र फिल्टर प्रायोग गर्थे भने अहिले ४० जनाले फिल्टर खरिद गरेर प्रायोग गर्न थाल्नुभएको छ । हेल्भेटास नेपाल र महाबु गाउँपालिकाको साझेदारीमा सोसेक नेपालद्धारा संचालित एकृकित जलस्रोत व्यवस्थापन कार्यक्रम संचालन भएसँगै आफुहरुको गाउँटोल बद्लिएको टिका देवि सिंह बताउनुहुन्छ । सबै अभिभावकको भेला गरे फिल्टर खरिद गरेर ल्याएका छौँ , ‘उहाँ भन्नुहुन्छ, पहिले किटाणुयुक्त पानी पिए पनि अब फिल्टररको शुद्ध पानी पिउने छौँ ।’

महाबु गाउँपालिका -४ गिताचौरमा पहिले आचारसंहिता लागु नहुदा ३६ घरधुरीले मात्र फिल्टर प्रँयोग गर्नुहुन्थ्यो भने अहिले ७६ घरधुरीले फिल्टर प्रायोग गर्ने गरेको एकृकित जलस्रोत व्यवस्थापन कार्यक्रम सामुदायिक सहजकर्ता निर्मला नेपालीले बताउनुभयो । उहाँका अनुसार पहिले फिल्टर प्रायोग नगर्ने अन्य आसपास टालका नागरिकहरुले पनि सरसफाइमा चासो दिन थालेको र फिल्टर प्रायोग गर्न थालेको उहाँले बताउनुभयो ।

पहिले यहाँ विकट ठाउँ भएकाले पनि मा फिल्टर भनेको थाह थिएन र देखेको पनि थिएनौ स्थानीय भन्छन्, ‘अहिले फिल्टरको पानी पिउछौँ । हामी फिल्टर ल्याएपछि फोहोर पानी पिउनबाट जोगिएका छौँ । विभिन्न रोगबाट बच्ने भएका छौँ । गाउँ टोल घर आगन सरसफाइमा ध्यान दिन थालेका छौँ ।’

हेल्भेटास नेपाल र महाबु गाउँपालिकाको साझेदारी, सोसेक नेपाल द्धारा संचालित एकृकित जलस्रोत व्यवस्थापन कार्यक्रम संचालन भएपश्चात् गाउँटोल सुधार हुदै गइरहेको निर्मला नेपालीले बताउनुभयो ।

अहिले फोहोर फाल्ने खाल्डो पनि तयार गर्नुभएको छ । घरबाट निस्किने कुहिने र नकुहिने फोहोरको लागि फरक फरक खाल्डो छन् । पुर्ण सरसफाई उन्मुख वडा निर्माणको लागि संचालन भएको एकृकित जलस्रोत व्यवस्थापन परियो्जना सामुदायिक सहजकर्ता निर्मला नेपालीले बताउनुभयो ।

प्रतिक्रिया