सिंजामा साँस्कृतिक खाना महोत्सव

सिंजामा साँस्कृतिक खाना महोत्सव

जुम्ला –   जिल्लाको सिंजा गाउँपालिकामा खाना महोत्सव  भएको छ।

स्थानीय परिकारलाई आयआर्जनसँग जोड्ने उद्देश्यले मार्क्सवादी ज्ञान केन्द्र काठमाडौंको आयोजनामा सोमबार साँस्कृतिक खाना महोत्सव आयोजना गरिएको हो।

नराकोटमा आयोजित महोत्सवमा गाउँपालकाका ६ वटै वडाका सात स्टलमा स्थानीय खानाका परिकार सजाइएको छ। कोदो फापर, मकै, भट्टमास, चिनु, कागुनु र मकैका परिकार, खरायोको मासु स्टलमा राखिएका छन्।

महोत्सवको पहिलो दिन सिंजावासीले ​मौलिक खाना मात्र पस्केनन्,स्थानीय देउडा, झोडा, चुटकिला प्रदर्शन गरेर अवलोकनकर्तालाई मनोरञ्जन दिए ।

केन्द्रका सचिव हुमनाथ न्यौपानेले सिजाको मौलिक पहिचान देशका अन्य भागलाई साक्षात्कार गराउने र आयआर्जन बढाउने लक्ष्यका साथ पहिलो साँस्कृतिक खाना महोत्सव गरेको बताउनुभयो । कार्यक्रमका संयोजक डाक्टर निमानन्द रिजालले जुम्लाको उत्पादन मार्सी, सिमी,फापर र स्याउजस्ता रैथाने बालीलाई यहाँको आम्दानीसँग जोड्नुपर्ने बताउनुभयो ।

गाउँपालिका–२ का अध्यक्ष तीर्थ वडले यस्ता कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकता दिने बताउनुभयो । महोत्सव मंगलबार सम्पन्न हुँदैछ।

 

प्रतिक्रिया