नेपालको ५० मेगावाट विद्युत् बंगलादेशले खरिद गर्ने

नेपालको ५० मेगावाट विद्युत् बंगलादेशले खरिद गर्ने

काठमाडौं –   बंगलादेशले नेपालबाट ५० मेगावाट बिजुली लैजाने भएको छ ।

दुई देशबीचका सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी’ बैठकले बंगलादेश ५० मेगावाट बिजुली खरिद गर्न सहमत भएको हो । नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमत भएका छन् । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिनेछ ।

दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । त्यसका लागि भारतलाई मनाउनुपर्ने भएकाले त्रिपक्षीय बैठक बस्ने तयारी छ । ५० मेगावाट बिजुली परीक्षणस्वरुप लैजाने सहमति गत वर्ष भदौमै नेपाल र बंगलादेशबीच सहमति भएको थियो ।

प्रतिक्रिया