सल्यानमा एकदिने कवि गोष्ठी सम्पन्न
सल्यान – सल्यानमा एकदिने कवि गोष्ठी सम्पन्न भएको छ । कविता सिर्जना गर्ने, पढ्ने, सुन्ने, प्रकाशन गर्ने उद्देश्यले लुहापिङमा कवि गोष्ठी आयोजना गरिएको हो ।
योगेश्वर स्मृति प्रतिष्ठानको आयोजना र त्रिभुवन जनमाध्यमिक विद्यालय लुहापिङको सहआयोजनामा बुधबार विद्यालयमा कवि गोष्ठी आयोजना गरिएको हो । कवि गोष्ठीमा विद्यार्थी, शिक्षक, कवि तथा नेपाल सरकारका पूर्वमुख्य सचिवले पनि कविता वाचन गरेका थिए । कविताको सामथ्र्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न कवि गोष्ठी गरिएको हो ।
कार्यक्रममा कवि एवं नेपाल सरकारका पूर्व मुख्यसचिव डा. विमल कोइराला, योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्की, नेपाली कला साहित्य डटकमका अध्यक्ष मोमिला जोशी, सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, कवि डा. अमर शाहले कविता वाचन गर्नुभएको थियो ।
कविहरु टोपबहादुर गिरी, विष्णु शर्मा, विष्णु जैसी, कृष्ण बुढाथोकी, प्रवीण भण्डारी, वीरबहादुर सेजवाल, शारदा थापा, केशवराज देवकोटा, मौसमदास श्रेष्ठ, विद्यार्थीहरु अनु खड्का, गोमा कुमाई, भानुभक्त खड्का, दिनेश बिक, सुजाता वली, सदीक्षा शाहले कविता वाचन गर्नुभएको थियो ।
विद्यालयका निमित्त प्रधानाध्यापक रुपक शाहको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका शारदा थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन साहित्यकार मौसमदास श्रेष्ठले गर्नुभएको थियो ।
प्रतिक्रिया