लिमीमा बाहिरका पशुुबस्तु लैजान रोक

लिमीमा बाहिरका पशुुबस्तु लैजान रोक

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीमा बाहिरबाट पशुवस्तुु लैजान रोक लगाइएको छ। जिल्लाका अन्य क्षेत्रमा पशुुमा रोग देखिएको तर लिमीका पशुुमा हालसम्म सो रोग नदेखिएको कारण बाहिरका पशुु लैजान रोक लगाइएको हो।

लिमीका वडाध्यक्ष पाल्जोर लामाले पशुुमा लाग्ने रोगबाट लिमीका तीन गाउँका पशुुबस्तुुलाई जोगाउनका लागि बाहिर अन्य स्थानबाट लिमीमा पशुु चरनका लागि ल्याउन रोक लगाउने निर्णय गरिएको बताउनुभयो । वडा समितिको बैठक वसेर लिमीको बन क्षेत्रमा बाहिरका पशुु ल्याउन बन्दज गर्ने निर्णय गरिएको हो ।

जिल्लाका अन्य सबै क्षेत्रमा पशुुमा नयाँ खाले रोग लम्पी स्किन देखिएको जानकारी आएपछि बेलैमा सचेतना अपनाउन लिमीमा बाहिरबाट ल्याउने पशुलाई बन्देज गरिएको छ। लिमी प्रवेशका लागि दुुई वटा नाका पाँच हजार मिटर अग्लो न्यालुु लेक र चार हजार ६ सय मिटर अग्लो नारा लेक छन् ।

नारा लेकबाट कमै पशुुबस्तुु लिमी चरनका लागि लैजाने गरिएको भएपनि न्यालुुबाट लैजाने गरिन्छ। बैशाख अन्तिम हप्ताबाट लिमी क्षेत्रमा चरनका लागि पशुु लैजान गरिन्छ। उनले सो रोग लागेका पशुु मर्ने र उपचारमा समस्या देखिएको कारण लिमीका पशुुलाई सुरक्षित राख्ने उपाय भनेकै अन्यत्रका पशुुबस्तुु लिमी लैजान बन्देज गर्ने निर्णय उपयुक्त भएको कारण वडाले सो निर्णय गरेको बताउनुभयो ।

रोग भित्रिन नदिने सही निर्णय नै लिमीमा बाहिरका पशुु चरनका लागि प्रबेश नदिन कार्य नै उपयुक्त भएको ठहर वडा र गाउँवासीको रहेको छ। लिमीमा दुुई सय पचास भन्दा बढी चौरी एक हजार भन्दा बढी अन्य पशुहरु रहेका छन्।

यसबाट लिमीका पशुुलाई सुरक्षित राख्न सहज हुनेछ। त्यसै लिमीका तीन गाउँमा मासुु खान समेत रोक लगाउने निर्णय वडाले गरेको छ। यसअघि बिश्वभर कोरोना महामारी फैलिएको बेला लिमीवासीले मानिसहरु आउजाउ लिमी प्रबेशमा बन्देज गरेको थियो ।

 

प्रतिक्रिया