राष्ट्रपति पौडेल संसद भवन जाँदा तामझाम नगरिने

राष्ट्रपति पौडेल संसद भवन जाँदा तामझाम नगरिने

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार ९आज० सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै हुनुहुन्छ । सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद भवन बानेश्वर जानु हुने भएको हो ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिनुभएको छ । सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका उहाँको भनाइ छ ।

गत फागुन २५ मा निर्वाचित पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । तर, सामान्य रूपमा संसद् गएर फर्कने राष्ट्रपति पौडेलको तयारी रहेको पोखरेलले बताउनुभयो । ‘सडक खाली गराएर तामझाम हुँदैन । पुरानो परम्परा पुरै नमास्ने भनिरहेको छ । त्यसका लागि संसद् पुग्ने बेलामा बग्गी अगाडि लाग्छ । राष्ट्रपति निवासबाट तामझाम हुँदैन,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया