विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा
काठमाडौँ – सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारले घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गर्नुभएको हो ।
‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भन्नुभयो ।
नागरिकसम्बन्धी समस्याको समाधान गरिने पनि राष्ट्रपतिले बताउनुभयो ।
प्रतिक्रिया