मुगु सदरमुकामबाट देखि काठमाडौँसम्म पहिलोपटक सिधा बस सेवा

मुगु सदरमुकामबाट देखि काठमाडौँसम्म  पहिलोपटक सिधा बस सेवा

फाइल तस्बीर

मुगु –   मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौंसम्म सिधा बस सेवा सुरु भएको छ । मुगुमा पहिलो पटक गमगढी बजारबाट काठमाडौं सम्म सिधा बस सेवा सुरु भएको हो ।

क्षेत्रीय कार्यालय नेपालगञ्ज रहेको भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिले संयुक्त रुपमा गमगढी बजारमा स्थापना गरि शुक्रबार विधिवत् रुपमा उद्घाटन गरेका छन् । सो प्रालिले अब सिधै गमगढी देखि सुर्खेत , नेपालगञ्ज हुदै काठमाडौंसम्म बस सेवा सुरु गरिएको जनाइएको छ ।

मुगुमा स्थापना भएको सो प्रालि लाई छायानाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेक राज चौंलागाई र भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिका ईन्चार्ज रविन मल्लले आज सो प्रालिको उद्घाटन गरेका हुन । मुगु जिल्ला २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए ।

विगतका दिनहरुमा मुगुमा सडक पुगे पनि यात्रु सेवा यातायातका साधनले सिधै राजधानीसम्म चल्न सकेका थिएनन् । राजधानीसम्म सवारी नचल्दा यहाँका नागरिकहरू सवारी ब्यवसायीबाटै ठगिन पुगेका थिए । अब सिधै काठमाडौंसम्म नागरिकले सवारी साधन प्रयोग गर्दा सहज बातावरण हुने काउण्टरले जनाएको छ ।

अन्य सवारी साधनले चर्को भाडा असुल्ने, मनमरी ढंगबाट भाडा लिने गरेको जनाउँदै अब त्यस्तो हुन नदिने र विशेष गरेर बालबालिका, अपांगता र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखिने काउण्टर ईन्चार्ज रविन मल्लले बताउनुभयो ।

मुगुमा च्याउ उम्रे जस्तै काउण्टरहरू स्थापना भएका छन् । दीर्घकालीनसम्म नरहने यात्रु ठगिन पुगेका छन् छायाँनाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेक राज चौलागाईंले भन्नुभयो ।

मुगुमा अब राजधानीसम्म बस सेवा सञ्चालनमा आएकाले नेपालकै ठूलो ताल रारा र हिन्दूहरूको पवित्र तीर्थस्थल छायाँनाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने बताउनुभयो ।

प्रतिक्रिया