मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ : प्रधानमन्त्री

मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ : प्रधानमन्त्री

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता-जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्नुहुँदै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताउनुभयो ।

उहाँले अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्प सहित अगाडि बढेको पनि दाबी गर्नुभयो । शीर्ष नेताहरूबीच हुने गरेका छलफललाई लिएर अनेक आशङ्का गरिएको स्मरण गर्दै उहाँले ती भेटहरू राष्ट्र हितमै केन्द्रित रहेको बताउनुभयो ।

 

प्रतिक्रिया